
मङ्सिर १ देखि ५
गतेसम्म त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस बिदा हुने भएका छन् । त्रिवि रजिष्ट्रारको कार्यालयले
एक सूचना प्रकाशित गरी अधिकांश क्याम्पसमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य
निर्वाचनका लागि मतदान केन्द्र राखिएकाले आगामी मङ्सिर १देखी ५ गते सम्म विश्वविद्यालयका
सबै क्याम्पस र कार्यालय बन्द हुने जनाएको छ।
सुचनामा भनिएको छ त्रिविका अधिकांश क्याम्पसमा मतदान केन्द्र
राखिएको, त्रिविका प्राध्यापक
तथा कर्मचारी निर्वाचनमा खटिएको र केही क्याम्पसमा मतगणना गर्ने केन्द्रसमेत
राखिएको हुँदा ती दिन बिदा दिने निर्णय गरिएको हो ।
बिहीबार बसेको त्रिवि कार्यकारी
परिषद्को बैठकले निर्वाचनका कारण विश्वविद्यालयका दैनिक काम कारबाहीमा असर पुग्ने
भन्दै क्याम्पस तथा कार्यालयमा बिदा दिने निर्णय गरेको थियो ।