बनिसकेको विद्यालयको नयाँ भवनमा ताला, खोला किनारमा पढ्छन् विद्यार्थी

बिजपाटी प्रदेश सम्बाददाता

बिजपाटी प्रदेश सम्बाददाता

Jan 24, 2023 | 11:38:26 AM मा प्रकाशित

laxmi  sunrise bank

२०७७ कार्तिक ४ गते आएको अबिरल बर्षाका कारण बैतडीको एक बिद्यालयमा खोला पस्यो ।  खोला पसेसङ्गै बिद्यालय भवनहरु पनि भत्कियो । बिद्यालय भवन भत्किएको दुई बर्षसम्म पनि विद्यार्थीहरुको पढाइ भने रोकिएको छैन । तर, किताब झोलामा बोकेर खोलाको किनारमा गई यहाँका विद्यार्थी निरन्तर पढ्दै आएका छन् । 

 जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ सेरी स्थित गडदेव आधारभुत बिद्यालयका विद्यार्थीहरु वर्षौ देखि खोला किनारमा पढ्दै आएका छन्। २०७७ कार्तिकमा आएको बाढीले बिद्यालय भवन बगाएपछि विद्यार्थीहरु खोला किनारमा पढ्न बाध्य भएका हुन्। 

विद्यालय भवन भत्केको दुई वर्ष वितिसक्दा पनि विद्यार्थीले खोला किनारमा बसेर पढ्नु परेको प्रधानाध्यापक निर्मला चन्दले बताइन्। ‘विद्यालयका भवन सबै बाढीले भत्कायो। अहिलेसम्म विद्यार्थीलाई जोखिममा राखेर खोला किनारमै पढाउन बाध्य छौँ’, उनले भनिन्।

 विद्यालय भत्केपछि आर्थिक वर्ष २०७७÷७८को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट ४ कोठे भवन निर्माण गर्न ३६ लाख बजेट बिनियोजन भएको थियो। भवन निर्माण कार्य सम्पन्न भइसकेको छ। तर पुरै रकम भुक्तानी नभएको भन्दै भवनमा ताला लगाइएको छ। गाउँपालिकाका जनप्रतिनिधिहरुले बिद्यालयमै मौखिक रुपमा व्यवस्थापन समितिसँग सम्झौता गरेको निर्माणको जिम्मा पाएको केशव घटालले बताए।

  ‘जनप्रतिनिधि आएर मौखिक रुपमा सम्झौता गरे। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट ३६ लाख रकम प्राप्त भएको छ।४ कोठे भवन निर्माण गर्नुपर्छ भनेपछि समितिले भवन तयार पारेको हो। तर पुरै रकम भुक्तानी भएको छैन्। हामीले आफ्नो लगानीमा विद्यालय निर्माण गरेका छौँ। लिखित रुपमा सम्झौता भएन पालीकामै के–के भयो। हामीलाई लिखित सम्झौताको प्रतिलिपि दिइएको छैन्’, उनले भने। 

यता गाउँपालिकाका ईन्जिनियर घनश्याम मैनालीले भने सम्झौता अनुसारको सबै रकम भुक्तानी भइसकेको बताए। उनले भने, ‘पालिकाबाट दिनुपर्ने सम्झौता अनुसारको रकम भुक्तानी गरिसकेका छौँ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved