
चिकित्सा शिक्षा आयोगले कलेजहरुमा सिट संख्या बाँडफाँट गरेको छ । आयोगले स्नातक तहमा विदेशी समूह, सःशुल्क र खुला तथा आरक्षण छात्रवृत्तिमा अध्ययनका लागि सिट बाँडफाँट गरेको हो ।
चिकित्सा शिक्षाका विभिन्न विषयमा ७ हजार ६५९ सिटमध्ये नेपाली आर्मी वेल्फेयर छात्रवृत्रिका लागि १०५, विदेशी विद्यार्थीको लागि २ हजार २३, सःशुल्क विद्यार्थी ३ हजार २८२, पूर्ण छात्रवृत्तिको २ हजार २४९ सिट, सामान्य छात्रवृत्तिको १ हजार २३५ र संरक्षित कोटाहरु ९महिला, दलित महिला, मुस्लिम महिला, मधेसी, थारू, आदिवासी जनजाती०को १ हजार १४ सिट बाँडफाँट भएको छ ।
त्यस्तै, एमबीबीएसका लागि १ हजार ८९५ सिटमध्ये नेपाली आर्मी वेल्फेयर छात्रवृत्ति पाउनका लागि ४९ सिट, विदेशी विद्यार्थीका लागि ५५७ सिट, सःशुल्क ८५९ सिट, पूर्ण छात्रवृत्ति पाउनेमा ४३० सिट, सामान्य छात्रवृत्ति पाउने २३७ सिट, संरक्षित कोटा (महिला, दलित महिला, मुस्लिम महिला,मधेसी,थारू आदिवासी जनजाती)मा १९३ सिट विभाजन गरिएको छ ।
हेर्नुहोस् कोटाः