५६० जनाको कोटा रहेको बीडीएस शैक्षिक कार्यक्रममा १९०३ जना उतिर्ण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2023 | 03:32:33 PM मा प्रकाशित

laxmi  sunrise bank

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तह बीडीएस शैक्षिक कार्यक्रमको नतिजा प्रकाशन गरेको छ । आयोगले हिजो बिहिबार सो नतिजा सार्वजानिक गरेको हो ।

जसमा आयोगले शिक्षण संस्थाहरुलाई छुट्याएको कोटाभन्दा अत्याधिक धेरै परिक्षार्थी प्रवेश परिक्षामा उत्तिर्ण भएका छन् ।

गत फागुन २५ गते आयोगले लिएको (एमईसीईई–बीएल २०२३) अन्तर्गतको बीडीएस शैक्षिक कार्यक्रममा आयोगले जम्मा ५ सय ६० सिट छुट्याएको थियो । तर नतिजामा भने २ हजार ४ सय ६३ जना उत्तीर्ण भएका छन् ।

यो संख्या छुट्याइएको सिट भन्दा १ हजार ९ सय ३ ले बढी हो । आयोगको नतिजा अनुसार दुई हजार ४६३ जना परीक्षार्थी बीडीएस अध्ययनका लागि योग्य भएका छन् । बीडीएस शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका विभिन्न १४ शिक्षण संस्थालाई आयोगले जम्मा ५६० सिट छुट्याएको थियो ।

यहाँ क्लिक गरेर नतिजा हेर्न सकिन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved