मुठ्ठीदानको भरमा कहिलेसम्म चलाउने संस्कृत गुरुकुल ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2023 | 07:48:17 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रियता, मानवता र विश्वबन्धुत्वको विकासका लागि सनातन धर्म, संस्कार र आर्य संस्कृतिको संरक्षण, संवर्द्धन तथा संस्कृत शिक्षाको आवश्यकतालाई मध्यनजर गरी संस्कृत ज्ञानविज्ञानको प्रचारप्रसार गर्ने उद्देश्यले तनहुँको देवघाटधाममा गुरुकुल सञ्चालित छन् । 

वटुकलाई सनातन धर्म, संस्कार र संस्कृतिका बारेमा ज्ञान दिने उद्देश्यले यहाँ सातवटा गुरुकुल सञ्चालित छन् । यहाँका सबै गुरुकुल दाताको सहयोग र मुठ्ठीदानको भरमा छन् । देवघाटधाममा नानीका लागि तीन र बाबुका लागि चार गुरुकुल छन् । यहाँ तनहुँ, चितवन र नवलपुरका बटुक अध्ययनरत छन् । 

तनहुँमा वटुकका लागि महेश सन्यास आश्रमद्वारा सञ्चालित मेहश संस्कृत गुरुकुल, गलेश्वर आश्रमले सञ्चालन गरेको वेदवेदाङ्ग संस्कृत गुरुकुल, हरिहर आश्रमले सञ्चालन गरेको परमानन्द संस्कृत गुरुकुल र माताजीले सञ्चालन गरेको माँ कल्याणी गुरुकुल छन् । 

गुरुकुलमा करिब सात सय वटुक अध्ययनरत रहेको महेश सन्यास आश्रमका व्यवस्थापक सन्तोष गिरीले जानकारी दिए । उनका अनुसार प्रत्येक गुरुकुलमा करिब दुई सय २५ देखि ७५ सम्म वटुक अध्ययनरत छन् ।

 “नानीका लागि सञ्चालित गुरुकुलमा करिब ५० बटुक छन्, नानीहरूको गुरुकुलमा कक्षा ८ सम्म अध्ययन हुन्छ, कक्षा वृद्धि गर्दै लैजाने गरी सञ्चालन गरिएको हो”, उनले भने । महेश गुरुकुलमा शास्त्री र आचार्य (स्नातक र स्नातकोत्तर), परमानन्द गुरुकुलमा शास्त्रीसम्म अध्यापन भइरहेकामा आचार्यसम्मको पठनपाठन सुरुआत गर्ने तयारी भइरहेको गरेको उनले बताए ।

वेदवेदाङ्गमा यसअघि कक्षा १० सम्म अध्ययन हुने गरेकामा अहिले शास्त्रीसम्मको अध्यापन सुरु गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त गरी परीक्षामा सहभागी गराउँदै आएको व्यवस्थापक गिरीले बताए। शास्त्री तथा आचार्यका लागि नेपाल संस्कृत विश्वविद्यालय दाङबाट सम्बन्धन प्राप्त गरी अध्यापन भइरहेको उनको भनाइ थियो । 

“सबै गुरुकुल एउटै प्रकृतिका छन्, आवासीयसहित वटुकलाई अध्ययनको व्यवस्थापन गरिएको छ”, व्यवस्थापक गिरीले भने, “आर्थिक व्यवस्थापन गर्न समस्या छ, दानदाताको भरमा यहाँका आश्रम तथा गुरुकुल सञ्चालित छन् ।” उनका अनुसार यहाँका सबै गुरुकुल मुठ्ठीदानको भरमा सञ्चालित छन् । 

गुरुकुल नियमित सञ्चालन र भौतिक विकास गरी दुई पाटोमा विभाजन गरी व्यवस्थापन गरिएको छ । नियमित सञ्चालनतर्फ गुरु र कर्मचारीलाई तलब, वटुकलाई खान र शिक्षाका लागि खर्च छुट्टाइन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved