विदेश पढ्न जानेलाई विदेशी मुद्रा साट्न थप सहज, राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2023 | 06:12:47 PM मा प्रकाशित

विदेश पढ्न जाने विद्यार्थीलाई विदेशी मुद्रा सटहीको लागि थप सहज भएको छ। नेपाल राष्ट्र बैंकले आज जारी गरेको निर्देशनले वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई मुद्रा सटहीमा थप सहज बनाइदिएको हो ।

राष्ट्र बैकले जारी गरेको निर्देशनअनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको पोर्टल प्रयोगमा आएपश्चात बैंक तथा वित्तीय संस्थाले सोही पोर्टलमा उपलब्ध जानकारीका आधारमा विद्यार्थीले विदेशी मुद्रा सटही गर्न पाउनेछन्। 

यस अघि वैदेशिक अध्ययनमा जाने विद्यार्थीले विदेशी मुद्रा सटहीका लागि वैदेशिक अध्ययनको स्वीकृति (नो अब्जेक्सन लेटर)को 'हार्ड कपि' बैंकलाई देखाउनुपर्ने व्यवस्था थियो ।

राष्ट्र बैंकको यस निर्देशनले एकातर्फ विदेशी मुद्रा सटहीका लागि वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई वैदेशिक अध्ययनको स्वीकृति (नो अब्जेक्सन लेटर) को 'हार्ड कपि' बोकेर हिड्नुपर्ने अवस्थाबाट मुक्ति मिलेको छ भने अर्कोतर्फ नो अब्जेक्सन लेटर र वास्तविक जानकारीबीच तालमेल नहुँदाको समस्याबाट पनि छुटकारा पाएका छन्।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved