निजी विद्यालयको नाममा पब्लिक जोड्न एक तिहाइ विद्यार्थीले छात्रवृत्ति पाएकै हुनुपर्ने, कडाइ गर्दै बालेन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2023 | 02:56:58 PM मा प्रकाशित

laxmi  sunrise bank

कुनै संस्थागत विद्यालयले आफ्नो नाममा पब्लिक शब्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ विद्यार्थी पूर्ण छात्रवृत्तिमा अध्ययनरत रहेको हुनुपर्ने काठमाडौँ महानगरले जनाएको छ । 

महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आज फेसबुकमा शिक्षासम्बन्धी विभिन्न कानूनी व्यवस्थाबारे सार्वजनिक गर्दै त्यसको कार्यान्वयनम कडाइका साथ अघि बढ्ने उल्लेख गरेका छन् । उक्त व्यवस्था कार्यान्वयन नभए कानूनी कारबाही हुने उनले चेतावनी दिएका छन् ।

उनका अनुसार कुनै संस्थागत विद्यालयले आफ्नो नाममा नेशनल शब्द जोड्न चाहेमा नेपालको कम्तीमा २५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको हुनुपर्नेछ छ ।  कुनै संस्थागत विद्यालयले आफ्नो नाममा इन्टरनेसनल शब्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ सङ्ख्यामा विदेशी विद्यार्थी हुनुपर्नेछ । विद्यालयको नामको अन्तमा विद्यालय स्कुल वा पाठशाला शब्द जोडिएको हुनुपर्नेछ । 

यो उपनियम लागू हुनु अगाबै यस नियम विपरीतका शब्दहरू जोडेर नामाकरण भै सकेका विद्यालयको हकमा यो नियमावली जारी भएपछिको दोश्रो शैक्षिक–सत्रको सुरु देखिनै लागू हुने गरी उपर्युक्त व्यवस्था पालना गर्न वा पुनः नामाकरण गर्न भनिएको छ । 

उनले सार्वजनिक गरेको स्टेटसमा भनिएको छ, 'यी नियमको पालना गर्दै विद्यालयको चिन्ह र नाममा एकरुपता ल्याएर मौलिक र मापदण्ड अनुरुप रहन आग्रह गर्दछौँ, नियमको पालना नभएको खण्डमा कानुनी कारबाही गर्न महानगर बाध्य हुने व्यहोरा जानकारी गराउँदछौँ ।'

काठमाडौं महानगरपालिकाले  विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६९, ७० तथा सोही नियमावलीको ७० को उपनियम १ र २ ले विद्यालयको नाम र चिन्हका बारेमा एकरुपता ल्याउन पहल थालेको हो। 

कानुनतः विद्यालयको चिन्ह षट्कोणको हुने उल्लेख छ । विद्यालय व्यवस्थापन समितिले निर्णय गरी सो षट्कोणको बीचमा आफ्नो विद्यालयको छुट्टै चिन्ह राख्न सक्नेछ । समाज तथा राष्ट्रकै लागि उल्लेखनीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवी, देवता, तीर्थस्थल वा प्राकृतिक सम्पदा आदिको नामबाट नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्नेछ । 

तर यो नियम प्रारम्भ हुनुभन्दा अगाबै यस नियम विपरीत नामाकरण भैसकेका विद्यालयको हकमा यो नियम जारी भएपछिको दोस्रो शैक्षिक सत्रको सुरुदेखिनै लागू हुनेगरी पुनःनामाकरण गर्न चाहेमा महानगरपालिकाबाट स्वीकृति लिनुपर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved