नेपालको शिक्षामा विदेशी लगानी र विदेशी विद्यालय ल्याउन सकारात्मक छु : प्रधानमन्त्री प्रचण्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2023 | 11:19:43 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको शिक्षामा विदेशी लगानी र विदेशी विद्यालय ल्याउन आफु सकारात्मक रहेको बताएका छन् । नेपाल व्यवसाय शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्

सांसद विनोद चौधरीले नेपाल विदेशी लगानी मैत्री नभएको टिप्पणी गरेपछि जवाफमा प्रचण्डले नेपालको शिक्षा क्षेत्रमा विदेशी लगानी ल्याउनलाई आवश्यक कानुन बनाउन आफु तयार रहेको बताएका हुन् । 

उनले भने 'विदेशी लगानी मैत्री कानुन निर्माण गर्ने आवश्यक छ, शिक्षामा विदेशी लगानी मात्र होइन, नेपालमा विदेशी विश्वविद्यालय पनि आवश्यक छ, यसको लागि जुनसुकै कदम चाल्न हामी तयार छौ' । 

 नेपालको स्कुल शिक्षा र उच्च शिक्षामा विदेश शिक्षाको दबदबा भई यसबारे प्रश्न उठिरहेको बेला शिक्षामा थप विदेशी लगानी र विदेशी विश्वविद्यालय नै ल्याउने प्रचण्डको भनाईलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved