
 2mb (1).gif)
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) ले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्थाको सुरूआत गरेको छ।
सोमबार एक कार्यक्रमको आयोजना गरी विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्थाको सुरूआत गरिएको हो।
निर्देशनले व्यवस्था गरे अनुसार निवेदकले आफु बसेको स्थान बाटै विद्युतीय मध्यमबाट आवश्यक कागजात अपलोड गर्न सक्ने,अनलाईन व्यवस्थाबाटै सेवा शुल्क तिर्न सकिने र एनओसी पत्र लिन भौतिक रुपमा उपस्थित हुनु नपर्ने व्यवस्था भएको छ ।