
सफ्टवेरिका कलेज अफ आइटी एण्ड इकमर्शले १२ कक्षाको परीक्षा दिएर बसेका विद्यार्थीका लागि सूचना प्रविधि सम्बन्धि जानकारी दिन वर्कशप आयोजना गर्ने भएको छ । मे २८ देखि जुन ३ सम्म वर्कशप आयोजना गर्ने कलेजले जनाएको छ।
कक्षा १२ को वार्षिक परीक्षा दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थी लक्षित वर्कशप आयोजना गर्न लागिएको कलेजका प्रमुख प्रमोद पौडेलले जानकारी दिएका छन् । वर्कशपमा आइटी विषयमा अध्ययन गरिरहेका मात्र नभई अन्य विषयमा अध्ययन गरेकाहरू समेत सहभागी हुन सक्ने छन् ।
सूचना प्रविधिको क्षेत्रमा करिअर सुरू गर्नका लागि वर्कशपले सहयोग गर्ने कलेजले जनाएको छ। विद्यार्थीहरूका लागि यो वर्कशप निःशुल्क हुनेछ।