यी १६ तरिकाबाट हेर्न सकिन्छ एसईईको नतिजा (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2024 | 09:32:20 AM मा प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल अबको केहिदिन भित्र सार्वजनिक गर्ने तयारी गरेको छ।

यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको बताएको छ। एसईईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य तीव्ररूपमा भइरहेको उसको भनाइ छ । प्राविधिकरूपमा समस्या नआए असारको तेस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ ।

बोर्डले विभिन्न १६ किसिमबाट माध्यमिक शिक्षा परीक्षा २०८० को नतिजा हेर्नसक्ने व्यवस्था गरेको छ। बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सोमबार एक सूचना प्रकाशन गर्दै विभिन्न नतिजा प्रकाशन भएपछि १६ तरिकाबाट नतिजा हेर्न सकिने उल्लेख गरेको छ ।

कार्यालयका अनुसार वेबसाइट, एसएमएस र आईभीआरमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ ।  कार्यालयले २०८० सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण वेबसाइट, एसएमएस र आईभीआरबाट प्रकाशित गर्न निम्न  वमोजिमका संस्थाहरुलाई निम्नानुसार छुट्टाछुट्टै Shortcode  र Website प्रयोग गर्न स्वीकृति दिइएको बताएको छ ।

नतिजा प्रकाशन भएपछि यसरी हेर्न सकिन्छ :

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved