११ महिनामा विदेशमा जाने विद्यार्थीले लगे ११७ अर्ब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2024 | 05:17:17 PM मा प्रकाशित

चालू आर्थिक वर्ष २०८०/२०८१ को ११ महिनामा नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाँदा १ खर्ब बढी रकम बाहिरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको जेठ मसान्तसम्म अध्ययनका लागि विद्यार्थी विदेशीदाँ १ खर्ब १७ अर्ब १ करोड रुपैयाँ बाहिरिएको हो । 

यसरी विदेशिने रकम गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ९८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा अध्ययनका लागि विद्यार्थी विदेशीदाँ ८९ अर्ब १८ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ । 

यस्तै समीक्षा अवधिमा खुद सेवा आय ५८ अर्ब ६ करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ७ अर्ब १५ करोडले घाटामा थियो ।

सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ३३ प्रतिशतले वृद्धि भई ७६ अर्ब ५५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५७ अर्ब ५५ करोड थियो ।

समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ३४.७ प्रतिशतले वृद्धि भई १७५ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १३० अर्ब थियो ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved