राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । बोर्डका अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजीरअनुत्तीर्ण ) भएका छन् ।
नियमिततर्फ परीक्षा ३ लाख ९० हजार ८६८ विद्यार्थी मध्ये २ लाख ३ हजार ८४७ विद्यार्थी पास भएका छन् । यसैगरी ग्रेड वृद्धितर्फ २०७८/७९ का २८.२६ प्रतिशत पास भएका छन् भने २०७६/०७७ का ६२.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
बोर्डले नतिजा वेबसाइटमार्फत सार्वजनिक गरेको छ । गत बैशाखमा सञ्चालित परीक्षामा कुल ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए ।