श्रेष्ठको कामलाई भट्टराईको निरन्तरता, थाहा नपाएका कन्सल्टेन्सीलाई पनि मौका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2024 | 06:25:27 PM मा प्रकाशित

nepal oil ltd

कन्सल्टेन्सीहरुको नवीकरण गर्ने प्रक्रिया जारी नै रहने भएको छ । तत्कालिन शिक्षामन्त्री सुमना श्रेष्ठले थालेको शैक्षिक परामर्श केन्द्र, पूर्व तयारी कक्षा  तथा भाषा शिक्षण सञ्चालन गर्ने संस्थाहरूको नवीकरण गर्ने प्रक्रियालाई नयाँ सरकारमा शिक्षा मन्त्री बनेकी विद्या भट्टराईले पनि निरन्तरता दिने निर्णय गरेकी हुन् ।

शैक्षिक परामर्श तथा प्रमाणीकरण महाशाखाका उपसचिव सेमन्त राज कोइरालाका अनुसार प्रथम चरणमा करिब ८५८ संस्थाहरुले नवीकरणका लागि आवेदन दिएका छन् ।    उनका अनुसार केहि कन्सल्टेन्सीहरुले नवीकरण खुला भएको थाहा नपाएको बताएकाले उनीहरुका लागि पनि फेरि एक पटक फेरि मौका दिइने छ ।

लामो समयदेखि  नवीकरण नभएका १ हजार ४७३ वटा कन्सल्टेन्सी, बिज्र कोष र  भाषा कक्षा तथा पूर्व तयारी कक्षा सञ्चालन गर्ने संस्थालाई समयमै नवीकरण गरेर मात्र व्यवसाय सूचारु गर्न शिक्षा मन्त्रालयले एक महिना अघि सार्वजनिक सूचना गरेर सचेत गराएको थियो । 

२०७५ साल साउन १६ गतेदेखि  संस्था दर्ता, नयाँ आवेदन, नवीकरणलगायतका कार्यहरु रोकिएको थियो । यतिमात्र नभएर लामो समयदेखि नवीकरण नहुँदा मन्त्रालयले सूचीकृत भएका संस्थाहरूको विवरण, नामसारी तथा ठाउँसारीको अवस्था, सेवा प्रदान गरेका विद्यार्थीको विवरण प्राप्त गर्न सकेको थिएन ।

यसका साथै कति वटा संस्थाहरू सञ्चालनमा रहेका छन् भन्ने जानकारी थिएन । त्यस्तै सञ्चालनमा रहेका यी सेवाहरूबाट प्राप्त हुने राजस्व समेत अद्यावधिक हुन सकेको थिएन ।यस्तो समस्या लगातार सृजना भइरहेपछि सरकारले करिब सात वर्षपछि नवीकरणको प्रक्रिया खुला गरेको हो ।

नवीकरण रोकिंदा सेवा प्रदान गरेका विद्यार्थीको विवरण मन्त्रालयले प्राप्त गरिरहेको थिएन भने सेवाहरुबाट प्राप्त हुने राजस्वसमेत अद्यावधिक हुन सकेको थिएन । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved