नास आईटीको साधारण सभा सम्पन्न, अर्किड इन्टरनेशनल कलेज बन्यो साझेदार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2024 | 06:27:42 PM मा प्रकाशित

nepal oil ltd

नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास आईटी) को दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ।

ुसभामा ५० भन्दा माथि सदस्य कम्पनी प्रतिनिधिहरू, बोर्ड सदस्यहरू र प्रमुख सरोकारवालाहरूको उपस्थिति थियो।सभामा गत वर्षका गतिविधिहरू र उपलब्धिहरूको समीक्षा गर्नुको साथै संस्थाका भावी योजनाहरूको बारेमा छलफल भएको थियो।  

सभाले टेकक्राफ्टका कार्यकारी निर्देशक सन्तोष कोइराला संस्थाको अध्यक्ष भएका छन्। ईके सोलुसन्सका सीईओ गौरव राज पाण्डे उपाध्यक्ष भएका छन् भने गोक्यो ल्याब्सका सह–संस्थापक अभय पौडेल कोषाध्यक्ष भएका छन्। लग प्वाइन्टका राष्ट्र निर्देशक दिपेन चापागाईं महासचिव भएका छन् ।

यसैगरी, सभाले कार्यकारी समिति सदस्यमा अम्निल टेक्नोलोजिजकी सीओओ अलिशा श्रेष्ठ, एमिनेन्स वेजका प्रवन्ध निर्देशक नारायण कोइराला, लिपफ्रग टेक्नोलोजिजका एसभीपी कैलाश राज विजयानन्द, बीआईसी टेक्नोलोजिजकी सहसंस्थापक प्रार्थना साखः र निवर्तमान अध्यक्ष तथा क्विकफक्स टेक्नोलोजिजका सीईओ रिचन श्रेष्ठ रहेका छन् ।

सोही अवसरमा संस्थापक अध्यक्ष रिचन श्रेष्ठले नवनिर्वाचित अध्यक्षलाई जिम्मेवारी हस्तान्तरण गरेका छन्। नवनिर्वाचित अध्यक्ष सन्तोष कोइरालाले नेपाललाई विश्वव्यापी टेक हबको रूपमा स्थापित गर्ने नास आईटीको दृष्टिकोणलाई अझ सुदृढ पार्ने प्रतिबद्धता बताए। उनले भने, ‘हामी आईटी श्रोतहरूको अधिकतम उपयोग, बजार पहुँचको विस्तार र उद्योगको वृद्धिलाई समर्थन गर्न केन्द्रित हुनेछौं।’  

सोही अवसरमा नास अर्किड इन्टरनेशनल कलेजसँग सम्झौता गरेको छ। यस सहकार्यले नास आईटीको दिगो विकास कोषलाई बलियो बनाउनेछ। नेपाललाई विश्वव्यापी प्रविधि हबको रूपमा चिनाउने लक्ष्यलाई ओर्किड इन्टरनेशनल कलेजले समर्थन गरेको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved