२८ हजार नेपाली विद्यार्थीले लिए वैदेशिक अध्ययन अनुमति पत्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 29, 2024 | 04:09:13 PM मा प्रकाशित

laxmi sunrise bank

तीन महिनाको अन्तरालमा करिव २८ हजार नेपाली विद्यार्थीलाई  वैदेशिक  अध्ययन अनुमति पत्र लिएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको अनुसार २८ हजार विद्यार्थीले करिव ५६ देशका लागि  अनुमति पत्र लिएका हुन् । गतवर्ष ६६ वटा देशमा अध्ययन गर्न विद्यार्थीले अनुमति लिएका थिए । साउन देखि असोजसम्म विदेश अध्ययन अनुमति लिनेमा सबैभन्दा बढी जापान जाने छन् । 

मन्त्रालयका अनुसार जापानमा नौ हजार छ सय ३८ जनाले अध्ययन अनुमति लिएका छन् । गत आर्थिक वर्षमा जापानमा भाषा सिक्न ३४ हजार सात सय ३१ विद्यार्थीले मन्त्रालयबाट अनुमति लिएका थिए । 

पछिल्लो तीन महिनामा अध्ययन अनुमति लिने ठूलो संख्या जापान पछि बेलायत रहेको छ । गत वर्ष जम्मा १३ हजार तीन सय ३९ जनाले मात्रै एनओसी लिएकोमा यसपाली तीन महिनामै बेलायत अध्ययनको लागि पाँच हजार चार सय ५३ जनाले एनओसी लिएका हुन् । मन्त्रालयका अनुसार बेलायत अध्ययन गर्न गत वर्षको तुलनामा बढी छन् । 

विद्यार्थीको रुचीको तेस्रो मुलुकमा अमेरिका देखिएको छ । पछिल्लो तीन महिनामा अमेरिकामा अध्ययन अनुमति लिने तीन हजार ६४ छन् । चौथोमा अष्ट्रेलिया छ । पछिल्लो तीन महिनामा अष्ट्रेलिया अध्ययनको अनुमति लिने दुई हजार दुई सय ६२ छन् । यस अघि विद्यार्थीको चाप रहेको क्यानडामा अध्ययन गर्न एनओसी लिने तीन महिनामा नौ सय ११ जना मात्रै छन् । छिमेकी मुलुक भारतको लागि एक हजार चार सय ४७ र चीनमा अध्ययन गर्न तीन सय ३८ जनाले अनुमति लिएको मन्त्रालयले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved