
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले प्राविधिक शिक्षा आजको मुख्य आवश्यकता रहेको बताएका छन् । लमजुङ, मस्र्याङ्दी गाँउपालिका( ४ ताघ्रिङ, छापा गाउँमा रहेको प्रेम मिलन माध्यमिक विद्यालयको २९ औँ वार्षिकोत्सव तथा रजत जयन्ती समारोहमा बोल्दै मन्त्री गुरुङले पुरानो र परम्परागत शिक्षा नीतिले अब शिक्षा नीति परिमार्जन गर्नुपर्ने बताए । “सहि शिक्षा नीति नहुँदा शिक्षामा लगानी बालुवामा पानी खनाए जस्तै भएको छ”, उनले भने,“शिक्षा नीति परिमार्जन गर्नु अहिलेको आवश्यकता हो ।”
अबको विद्यालय नीतिमा प्राविधिक, सिपमूलक शिक्षा अनिवार्य रहेकोमा जोड दिए । नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले अहिलेको सरकारले शिक्षा नीति ल्याउने तयारी गरेको बताए । पुरानो शिक्षा नीति संशोधन गरेर अहिले संसदमा नयाँ शिक्षा विधेयक छलफलको क्रममा रहेको बताए ।
उनका अनुसार शिक्षामा सरकारको बजेट खनाएको छ, तर राज्यको लगानी सन्तोषजनक नरहेकोमा गुनासो व्यक्ति गरे । अभिभावक, गाउँपालिका र स्थानीय तहले समेत व्यवहारीक शिक्षा बनाउनु जोड दिन आग्रह गरे । पढेर विदेश पलायन हुने भन्दा पनि स्वदेशमै बसेर आत्म निर्भर हुन सक्ने शिक्षा दिन आवश्यक रहेको बताए । त्यसको लागि सूचना प्रविधि मैत्री शिक्षा व्यवस्था अबलम्बन गराउन समेत उनले अनुरोध गरे । “अबका बालबालिकाले कम्प्युटर चलाउन जानेनन भने अशिक्षीत हुन्छन्”, मन्त्री गुरुङले भने,“सूचना प्रविधिको क्षेत्र पढ्न सक्ने बनाउनुपर्छ ।” सरकारले अहिले नीति परिवर्तन गर्दै छ यस का साथै शिक्षामा सूचनाप्रविधि मैत्री बनाउने प्रयास गरेको समेत उनले बताए ।
उनले सरकारले ल्याएको अध्ययादेशले जनताको हुने हितको बारेमा प्रस्ट पारेका थिए । जनताको सेवा नै अहिलेको सरकारको मुख्य प्राथमिकता रहेको बताए । अध्यादेश भनेको सरकार नचल्दा सरकारले लिएको कानुन हो । विपक्षले गरेको विरोध कुनै अर्थ छैन । जनताको तत्कालको समस्या समाधान गर्न अध्यादेश ल्याएको उनले धारणा राखे ।