नेपालमा माल्दिभ्सका विद्यार्थीलाई पीजी अध्ययनको वातावरण मिलाउन न्यूयोर्कमा द्विपक्षीय वार्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2025 | 06:37:40 PM मा प्रकाशित

nepal oil ltd

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले माल्दिभ्सका चिकित्सकलाई नेपालमा स्नातकोत्तर ९पीजी० शिक्षा उपलब्ध गराउने वातावरण सिर्जना गर्न पहल भैरहेको बताएका छन्। उनले अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५८औं सत्रको दौरान माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री खदिजा अब्दुल समाद अब्दुल्लासँगको भेटमा यो विषयमा कुरा गरेका हुन्।

वार्तामा, पौडेलले माल्दिभ्सका स्वास्थ्य मन्त्रीसँग भएका पहिलेका कुराकानीको आधारमा एक समिति गठन गरेर कार्य अघि बढाइरहेको बताए। उनले माल्दिभ्सका विद्यार्थीलाई नेपालमा शिक्षा प्राप्त गर्नका लागि पूर्ण वातावरण तयार गर्ने प्रतिबद्धता व्यक्त गरे। राज्यमन्त्री अब्दुल्लाले पनि नेपाल र माल्दिभ्सबीचको सुमधुर सम्बन्धलाई ध्यानमा राख्दै, त्यहाँका विद्यार्थीलाई नेपालमा अध्ययनका लागि पठाउन इच्छुक रहेको बताए।

मन्त्री पौडेलले नेपालमा चिकित्सकहरूको लागि एक उत्कृष्ट गन्तव्यको रूपमा विकास गर्नका लागि आवश्यक तयारी पूरा गर्न आग्रह गरे। उनले यसअघि इन्डोनेसियाको जाकार्तामा माल्दिभ्सका स्वास्थ्य मन्त्रीसँग पनि यस विषयमा छलफल गरेका थिए। त्यसपछि, नेपाल मेडिकल काउन्सिलसँग द्विपक्षीय मान्यता र चिकित्सा शिक्षा प्रवद्र्धनको लागि सुझाव दिने समिति गठन गरिएको थियो।

पौडेलको विश्वास छ कि विदेशी विद्यार्थीहरूलाई नेपालमा चिकित्सा शिक्षा प्रदान गर्न सकेमा, नेपालका मेडिकल कलेजहरूको आयमा वृद्धि हुनेछ र मेडिकल शिक्षाको स्तरमा पनि सुधार आउनेछ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved