शुभयात्रा कलेक्सनको आउटलेट विस्तार, विदेश जाने विद्यार्थीलाई लक्षित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2025 | 12:42:01 PM मा प्रकाशित

nepal oil ltd

शुभयात्रा कलेक्सन प्रालिले नयाँ बानेश्वरमा नयाँ आउटलेट सुरू गरेको छ । उच्च शिक्षा हासिल गर्नका लागि अन्तराष्ट्रिय मुलुक जाने विद्यार्थीहरूलाई लक्षित गर्दै एकै छानामूनी विदेश लैजान आवश्यक सबै सामान उपलब्ध गराउँदै आएको यस कम्पनीले आफ्नो शाखा बानेश्वरमा शुक्रबारदेखि सञ्चालनमा ल्याएको हो । 

कम्पनीका अध्यक्ष दर्शन खनालका अनुसार नयाँ आउटलेटमा लत्ताकपडा, युटेन्सिल्स, इलेक्टोनिक्स् सामान, जुत्ता, ब्यागेज, स्टेशनरी लगायतका विभिन्न सामानहरू उपलब्ध रहेको छ ।

विदेशमा उच्च शिक्षाका लागि जान लागेका विद्यार्थीहरूको सामान पनि उपलब्ध गराइएको कम्पनीको भनाइ छ । कम्पनीले सफारी, गोल्डस्टार जुत्ता तथा ३६५, एलभीडी लगायतका अन्य सामानहरू समेत आउटलेटमा राखेको छ । 

साथै नयाँ आउटलेट शुरू गरिएको अवसरमा कम्पनीले स्पिनिङ ह्वीलमा  ७५ प्रतिशतसम्म छुटको समेत व्यवस्था गरेको अध्यक्ष खनालले जानकारी दिए । उनका अनुसार यो अफर एक साताका लागि मात्र मान्य हुनेछ । 

करीब साढे २ वर्षदेखि काठमाडौंको पुतलीसडकमा सञ्चालन हुँदै आएको शुभयात्रा कलेक्सनको यो दोस्रो शाखा हो । विद्यार्थीहरूको मागलाई लक्षित गर्दै कम्पनीले अन्य स्थानमा पनि शाखा सञ्चालन गर्ने योजना रहेको खनालले जानकारी दिए । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved