चार्टड एकाउन्टेन्सी तथा चार्टड एकाउन्टेन्ट सदस्यता परिक्षाको परिक्षाफल प्रकाशित (नतिजा सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 14, 2017 | 06:13:55 PM मा प्रकाशित

laxmi  sunrise bank

चार्टड एकाउन्टेन्सी तथा चार्टड एकाउन्टेन्ट सदस्यता परिक्षाको परिक्षाफल प्रकाशित भएको छ। नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाले जुन २०१७ मा संचालन गरेको चार्टड एकाउन्टेन्सी क्याप-१, क्याप-२ ,क्याप-३ तहको परिक्षाको परीक्षाफल नेपाल चार्टड एकाउन्टेन्ट्स नियमावली, २०६१ को नियम १७ बमोजिम प्रकाशित भएको हो। 

यस पटकको परिक्षाको नतिजा अनुसार चार्टड एकाउन्टेन्सी क्याप-१ तहका ४४३ जना सहभागी परीक्षार्थीहरु मध्ये २८६ जना उत्तीर्ण भएका छन। त्यसै गरी क्याप -२ तहका १२८७ जना सहभागी परीक्षार्थीहरु मध्ये एक समूह तथा  दुवै समुह गरी २५१ जना परीक्षार्थीहरु उत्तीर्ण भएका छन। त्यसै गरी क्याप-३ तह (अन्तिम तह) का ५३३ जना सहभागी परीक्षार्थीहरु मध्ये एक समूह तथा दुवै समुह गरी जम्मा ७३ जना परीक्षार्थीहरु उत्तीर्ण भएका छन।

यस पटकको परिक्षाको नतिजा अनुसार ३९ जना परीक्षार्थीहरु चार्टड एकाउन्टेन्ट सदस्यताका लागि योग्य भएका छन। त्यसै गरी संस्थाले जुन २०१७ मा संचालन गरेको चार्टड एकाउन्टेन्ट सदस्यता परिक्षाको समेत परीक्षाफल प्रकाशित गरेको छ। जस अनुसार ४३ जना परीक्षार्थीहरुले चार्टड एकाउन्टेन्ट  सदस्यता परिक्षा उत्तीर्ण गरेका छन। संस्थाबाट २०१७ मा संचालन गरेको परिक्षाको नतिजा अनुसार जम्मा ८३ जना परीक्षार्थीहरु चार्टड एकाउन्टेन्ट सदस्यताको लागि योग्य भएका छन।

परीक्षार्थीहरुले परिक्षाको नतिजा तथा आफ्नो प्राप्तांक संस्थाको वेबसाइट http://www.ican.org.np  मा हेर्न सक्नेछन।    


      

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved