रेणु दाहालले दिइन् मेयरबाट राजीनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2022 | 02:42:02 PM मा प्रकाशित

laxmi  sunrise bank

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पदबाट राजीनामा दिएकी छन् । आसन्न स्थानीय निर्वाचनमा भरतपुरबाटै मेयर उठ्ने तयारीमा रहेकी उनले आज राजीनामा बुझाएकी हुन् ।

सत्तारूढ गठबन्धनले भरतपुर माओवादी केन्द्रलाई दिने निर्णय गरेको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरीसमेत रहेकी रेणु पुनः मेयरमा उठ्ने तयारी गरेकी छन् । 

बीरगंजका मेयर विजय सरावगीले पनि राजीनामा दिएका छन् ।  तत्कालीन संघीय समाजवादी फोरमबाट बीरगंजको मेयर बनेका सरावगी एमाले प्रवेश गरेका छन् । उनी पनि एमालेकै तर्फबाट बीरगंजको मेयर लड्ने तयारीमा छन् । 

निर्वाचन आयोगले स्थानीय निर्वाचनमा उम्मेदवार हुन पदाधिकारीबाट राजीनामा दिनुपर्ने निर्णय गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved