२७ गतेदेखि काठमाडौँमा मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन गर्न नपाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2022 | 05:44:08 PM मा प्रकाशित

laxmi  sunrise bank

 जिल्ला प्रशासन कार्यालय काठमाडौँले निर्वाचनको समयमा मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन गर्न बन्देज लगाएको छ । कार्यालयले आज एक सूचना जारी गर्दै २०७९ वैशाख ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचन, २०७९ सञ्चालन तथा व्यवस्थापनका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा बन्देज लगाएको जनाएको छ ।

जस अनुसार स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ७१ (मादक पदार्थ निषेध गर्ने) मा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनको लागि मिति २०७९/०१/२७ गते मंगलबार राती १२:०० बजे देखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्य नगर्नु /नगराउन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ।

त्यस्तै मतदानको दिन अत्यावश्यक सेवामा सञ्चालित र अनुमति लिएका सवारी साधनहरु बाहेकका सवारी साधनहरु बिहान ६:०० बजेदेखि मतदान कार्यसम्पन्न नभएसम्म सञ्चालन नगर्नु/नगराउनु हुन कार्यालयले आग्रह गरेको छ।

सूचना विपरितका कार्य तोकिएको अवधिमा गरे/गराइएको पाइएमा कानून बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले उल्लेख गरेको छ। 

May be an image of text that says 'नेपाल सरकार मन्त्रालय जिल्ला प्रशासन कार्यालय काठमाडौं सूवना!!! सम्वत् २०७९ वैशाख ३० गईरहेको स्थानीय तह निर्वाचन, २०७९ सश्वालन तथा व्यवस्थापनका लागि देहायका कार्यहरु नगर्न/नगराउन हुन सम्बद्द सबैसँग अनुरोध गरिन्छ। स्थानीय तह निर्वाचन निर्देशिका २०७३ दफा (मादक पदार्थ निषेध भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनको लागि मिति मंगलबार राती १२:०० मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण सेवन कार्य हुन। मतदानको दिन अत्यावश्यक अनुमति लिएका सवारी साधनहरु बाहेकका सवारी साधनहरु बिहान ६:०० बजेदेखि मतदान कार्यसम्पन्न नभएसम्म सत्चालन सूचना विपरितका कार्य तोकिएको अवधिमा गराइएको पाइएमा कानून बमोजिम कारवाही गरिने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। ०१-४२६२४७८, ४२६२८२८, ४२६२४४८, ४२४7২८২, फ्याक्स: 0੧-४२६२72८'

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved