चुनावको दिन पानी पर्ने, यस्तो छ बुधबारदेखि शनिवारसम्मको मौसम पूर्वानुमान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2022 | 08:23:33 AM मा प्रकाशित

laxmi  sunrise bank

जल तथा मौसम विज्ञान विभागले निर्वाचनको लागि विशेष मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ। विभागले आसन्न स्थानीय निर्वाचन अवधि २०७९ बैशाख २८ बुधबार देखि बैशाख ३१ गते शनिबार सम्मको मौसम पूर्वानुमान सार्वजनिक गरेको हो

नेपालमा स्थानीय वायु र भारतको बिहार-पश्चिम बङ्गालमा बनेको न्यून चापीय प्रणालीको  प्रभाव साथैदक्षिण बंगालको खाडीमा चक्रवात असानी  को प्रभावको कारण निर्वाचनको समयमा पानी पर्ने भएको छ 

यस्तो छ विभागले जारी गरेकी बुलेटिन: 

 २०७९ वैशाख २८ गते (बुधबा) : देशभर आंशिक देखि सामान्य बदली रहने सम्भावना छ । प्रदेश १बागमतीगण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा  मेघ गर्जन / चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। साथै मधेश, कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका  थोरै स्थानहरूमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७९ वैशाख २९ गते (विहिबा: देशभर आंशिक देखि सामान्य बदली रहने सम्भावना छ । प्रदेश १मधेश प्रदेशबागमतीगण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। साथै कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका  थोरै स्थानहरूमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।साथै तराईका भू-भागहरुमा हावाहुरीको सम्भावना पनि रहेको देखिन्छ ।

२०७९ वैशाख ३० गते (शुक्रबा) देशभर आंशिक देखि सामान्य बदली रहने सम्भावना छ । प्रदेश १बागमती तथा गण्डकी प्रदेशको केही स्थानहरुमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। साथै मधेश, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका  थोरै स्थानहरूमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७९ वैशाख ३१ गते (शनिवार) देशको प्रदेश १, बागमती प्रदेश, मधेश प्रदेश तथा गण्डकी प्रदेशका आंशिक देखि सामान्य बदली रहने तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना छ । प्रदेश १बागमती, गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का वर्षाको संभावना रहेको छ। साथै कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका एक वा दूई स्थानहरूमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यो मौसमी प्रणालीका कारण निर्वाचन अवधिमा पर्न सक्ने असर र प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेकोछ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved