निजी क्षेत्रलाई पनि मतदानका दिन बिदा दिन निर्वाचन आयोगको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2022 | 09:06:39 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले निजी क्षेत्रलाई पनि मतदानका दिन बिदा दिन आग्रह गरेको छ । स्थानीय तह निर्वाचनमा सबै मतदाताको मताधिकार सुनिश्चित गर्न मतदान हुने दिन वैशाख ३० गते निजीक्षेत्र, विभिन्न संघ संस्था, निकाय, गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्था, सहकारी सबैलाई सो दिन बिदा दिन आयोगले आग्रह गरेको हो। 

बैशाख ३० गते नेपाल सरकारले सम्पूर्ण सरकारी कार्यालय र सार्वजनिक निकायमा भने सार्वजनिक विदा दिने निर्णय गरिसकेको छ । 

 निजि क्षेत्रमा कार्यरत कर्मचारीले भने मतदानको अघिल्लो दिन पनि विदा दिन माग गरेका छन् । मतदानको दिन यातायातक साधन चल्न नपाउने भएकोले आफ्नो स्थानीय तहसम्म अघिल्लो दिन नै पुग्नको लागि मतदानको अघिल्लो दिन पनि विदा दिन माग गरेका हुन्।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved