हरेक मतदान केन्द्रमा पाल, त्रिपाल वा प्लाष्टिकको ब्यबस्था गर्न आयोगको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2022 | 09:16:49 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले मतदान केन्द्रमा पाल÷त्रिपालको व्यवस्था गर्न  निर्देशन दिएको छ । वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचन दिन वर्षाका कारणले मतदान र मतगणना कार्य प्रभावित नहुने गरी जोगाउन र निर्वाचन  सामग्रीसमेतको सुरक्षा गर्न निर्वाचन आयोगले नेपाल सरकारका सम्बद्ध निकायलाई निर्देशन दिएको हो ।

उक्त दिन बिहान ७ बजेदेखि मतदान कार्य सम्पन्न नभएसममका लागि मतदान हुने सबै मतदान केन्द्रहरूमा वर्षात्को पानीबाट पर्ने पाल÷त्रिपाल वा प्लाष्टिकको व्यवस्था गर्नका लागि आयोगले सबै स्थानीय तहहरूले सम्बन्धित निर्वाचन अधिकृत, मतदान अधिकृत र प्रमुख जिल्ला अधिकारीहरूसँगसमन्वय गरी आवश्यक व्यवस्था मिलाउन निर्वाचन आयोग ऐन, २०७३ को दफा ४० बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै स्थानीय तहहरूलाई निर्देशन दिने निर्णय गरेको हो ।

साथै, सोको आवश्यक समन्वय एवम् सहजीकरणका लागि गृह मन्त्रालय मार्फत सबै प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन गर्ने निर्णय गरिएको सोमबारको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved