भयरहीत रुपमा मतदान गर्न आम नागरिकलाई सरकारको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2022 | 03:50:26 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले स्थानीय तहको निार्वचनमा आम नागरिकहरुको भुमिका महत्वपूर्ण हुने भएकाले भयरहीत रुपमा मतदान गर्न आग्रह गरेको छ । आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि सरकारी स्तरबाट विभिन्न श्रोत, साधनहरु परिचालित भइसकेको र स्वयं मतदाताहरुको भुमिका पनि महत्वपूर्ण हुने भएकोले संयमित भएर मतदान गर्न आग्रह गरेको हो । 

सरकारले एकीकृत सुरक्षा योजना अन्तर्गत सरकारले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई निर्वाचनमा केन्द्रित गरेर सुरक्षा व्यवस्थापन गर्न निर्देशन दिइसकेको जनाएको छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले एकीकृत सुरक्षा योजना अन्तर्गत सरकारले प्रत्येक जिल्लामा सुरक्षा योजना बनाएर त्यसै योजना अनुसार सम्पूर्ण सुरक्षा परिचालित भएको बताए । उनले स्थानीय निकायको निर्वाचनका लागि राज्यले चुस्त,दुरुस्त सुरक्षा व्यवस्थापन गरेको बताए । प्रवक्ता पोखरेलले अहिले राज्य नै निर्वाचनमय भएकोले निर्वाचन शन्तिपूर्णरुपमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।

प्रवक्ता पोखरेलले भने , ‘अहिलेको परिस्थिति हेर्दा सरकारी स्तरबाट सम्पूर्ण श्रोत साधनहरु निर्वाचनमा परिचालित गरेका छौँ । हाम्रा सुरक्षा निकाय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई हामीले निर्वाचनमा केन्द्रित गरेर सुरक्षा व्यवस्थापन गर्न, हाम्रो राष्ट्रिय स्तरको नीति पनि बनेको छ, एकीकृत सुरक्षा योजना । प्रत्येक जिल्लामा पनि सुरक्षा योजना बनेर त्यही सुरक्षा योजना मुताविक हाम्रो सम्पूर्ण सुरक्षा परिचालित भएको अवस्था छ । त्यसकारणले राज्यले चुस्त, दुरुस्त, सुरक्षा व्यवस्थापन गरिराखेको अवस्था छ एकातिर भने अर्कातिर सबै राजनीतिक दलहरु निर्वाचनमा होमिनुभएको अवस्था छ । उहाँहरुले पनि सुरक्षा व्यवस्थापनमा चासो राखेर सुरक्षा व्यवस्थापन गर्नुपर्छ भनेर लाग्नुभएको छ । आम नागरिक, नागरिक समाजले पनि सुरक्षामा चासो राखेर कतै निर्वाचनलाई बिथोलिने काम गर्नुहुँदैन, हामी सबैले निर्वाचनलाई सघाउनुपर्छ भनेर लाग्नुभएको हुँदा अहिले राज्य नै निर्वाचनमय भएको छ । निर्वाचन शन्तिपूर्णरुपमा सम्पन्न हुनेछ भन्ने विश्वास गर्दछु ।’ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved