आज देशभर सिकाईदैछ बदर नहुने गरि भोट हाल्ने तरिका (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 11, 2022 | 09:52:19 AM मा प्रकाशित

laxmi  sunrise bank

बैशाख २८ र बैशाख २९ गते मतदाताहरूलाई मतदानस्थलमा मतदान गर्ने सही तरिका बारे जानकारी गराइने भएको छ । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ मतदान हुने अघिल्ला दुई नमूना मतपत्रलगायतका पोष्टर, ब्रोसर आदि छपाइ सामग्रीहरुको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे जानकारी गराउन सबै निर्वाचन अधिकृतको कार्यालयहरुलाई निर्देशन दिएको छ ।

आयोगले ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, ६७६ निर्वाचन अधिकृतको कार्यालय, सात प्रदेशका प्रदेश निर्वाचन कार्यालय, ७० जिल्ला जिल्ला निर्वाचन कार्यालयलाई पत्राचार गरी सो निर्देशन दिएको हो । निर्वाचन प्रचार प्रसार तथा मतदाता शिक्षा कार्यक्रम अन्तर्गत निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका तथा स्थानीय तह निर्वाचन निर्देशिकामा मतदान स्थलमा मतदाता सूचना कक्षको माध्यमबाट मतदाता शिक्षा कार्यक्रम संचालन गर्ने व्यवस्था भएकोमा मतदानको दिन (वैशाख ३० गते) उक्त कार्यक्रम नगरी मतदानको अघिल्ला दुई दिन (वैशाख २८ र २९ गते) मतदान स्थलहरूमा सम्बन्धित मतदान अधिकृतहरूको नेतृत्वमा खटिने मतदान टोलीबाट आयोगले उपलब्ध गराएका मतदाता परिचयपत्रहरूको वितरण गर्ने र आयोगले उपलब्ध गराएका नमूना मतपत्र लगायतका पोष्टर, ब्रोसर आदि छपाइ सामग्रीहरूको माध्यमबाट मतदान गर्ने सही तरिका बुझाउन आग्रह आयोगले गरेको छ 

मतदान अधिकृतको नेतृत्वमा खटिएको मतदान कार्यटोली मतदानस्थलमा पुगेपछि वैशाख २८ र २९ गतेका दिन सबै मतदाताहरूलाई मतदान गर्ने तरिका र मतदाता शिक्षाको लागि उपस्थित हुन सूचना दिने र यस कार्यको लागि आवश्यकता अनुसार सर्वदलीय सर्वपक्षीय सहयोग लिन आयोगले भनेको छ ।  मतदानस्थलमा उपस्थित मतदातालाई नमूना मतपत्र देखाएर मतदान गर्ने तरिकाको बारेमा निष्पक्ष रुपमा जानकारी दिन र मतदान गर्ने तरिका बारेमा मतदातालाई जानकारी गराउँदा कुनै पनि राजनीतिक दलको निर्वाचन चिन्हको नाम नलिन आयोगले निर्देशन दिएको छ ।

कसरी गर्ने मतदान ? 

मतदान गर्न जाँदा मतदाताले मतदाता परिचयपत्र वा आयोगले तोकेको परिचय खुल्ने अन्य परिचयपत्र लिई जानुपर्छ ।  मतपत्रमा स्वस्तिक छाप लगाई मतदान  गर्नु पर्छ । 

मतपत्रमा सातवटा निर्वाचन चिन्हमा मतसङ्केत गरी मतदान गर्नु पर्छ । पहिलो ठाडो लहरमा प्रमुख वा अध्यक्ष पदको उम्मेदवारको निर्वाचन चिन्हहरू मध्ये एउटा चिन्हमा मतदान गर्नु पर्छ । 

दोस्रो ठाडो लहरमा उपप्रमुख वा उपाध्यक्ष पदको उम्मेदवारको निर्वाचन चिन्हहरू मध्ये एउटा चिन्हमा मतदान गर्नु पर्छ ।

 तेस्रो ठाडो लहरमा वडा अध्यक्ष पदको उम्मेदवारको निर्वाचन चिन्हहरू मध्ये एउटा चिन्हमा मतदान गर्नु पर्छ ।

 चौथो ठाडो लहरमा महिला सदस्य पदको उम्मेदवारको निर्वाचन चिन्हहरू मध्ये एउटा चिन्हमा मतदान गर्नु पर्छ ।

 पाँचौँ ठाडो लहरमा दलित महिला सदस्य पदको उम्मेदवारको निर्वाचन चिन्हहरू मध्ये एउटा चिन्हमा मतदान गर्नु पर्छ । 

 छैठौँ र सातौ ठाडो लहरमा रहेका दुई सदस्य पदका उम्मेदवारहरुको निर्वाचन चिन्हहरू मध्ये कुनै दुई निर्वाचन चिन्हमा छुट्टा–छुट्टै छाप लगाई दुई उम्मेदवारलाई मतदान गर्नुपर्छ ।  छैठौँ लहरको २ चिन्ह वा सातौ लहरको २ चिन्हमा वा एउटा मत छैठौँ लहरको तथा अर्को चिन्ह सातौ लहरको चिन्हमा पनि गर्न सकिन्छ । 

यसरी हरेक पदका लागि आफुले रोजेको सात जना उम्मेदवारहरूको चिन्ह रहेको स्थानमा कोठाभित्र पर्ने गरी मत सङ्केत गर्नुपर्दछ । गोप्य मतदान कक्षसँगै राखिएको स्वस्तिक छाप लिई आपूmले रोजेको उम्मेदवारको चिन्हमा रहेको कोठाभित्र पर्ने गरी मत सङ्केत गर्नुपर्दछ ।  मतपत्रमा मत सँकेत गरे पछि मत पत्रलाई राम्ररी पट्याई मत पेटिकामा खसाल्नु पर्छ ।

यस पछि मतदाता तोकिएको स्थान र मार्गबाट बाहिर जानु पर्दछ । मतपत्रमा पहिलो पाँच पदका लागि हरेक पदमा एकभन्दा बढी उम्मेदवारलाई मत दिएमा त्यस्तो मत बदर हुन्छ । मतपत्रको छैठौँ र सातौँ लाइनवाट दुई जना वडा सदस्य पदमा निर्वाचित गर्नु पर्नेमा उम्मेदवार भएको वा नभएको निर्वाचन चिन्ह भएका दुई भन्दा बढी कोठामा मत संकेत गरिएकोमा सो पदको मत बदर हुन्छ । मत सङ्केत गर्ने क्रममा स्वस्तिक छाप नबुझिने गरी मसी लत्पतिएमा मत बदर हुन्छ । मतपत्रमा स्वस्तिक छाप बाहेक अन्य छाप लगाएमा वा अन्य चिन्हले मत सङ्केत गरेमा मत बदर हुन्छ । र्दुइवटा निर्वाचन चिन्ह रहेको कोठाको बीचमा पर्ने गरी स्वस्तिक छाप लगाएमा मत बदर हुन्छ । उम्मेदवारको चिन्ह रहेको कोठाभन्दा बाहिर स्वस्तिक छाप लगाएमा मत बदर हुन्छ । 

हेर्नुस भिडियो : 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved