भोट हाल्न घर जानेको भीड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 11, 2022 | 10:22:35 AM मा प्रकाशित

laxmi  sunrise bank

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भोट हाल्न गाउँ फर्किनेहरुको भीड लागेको छ । काठमाडौंबाट बाहिरिने विभिन्न नाकाहरुमा घर फर्किने नागरिकहरुको भीड लागेको हो ।

काठमाडौं उपत्यकाबाट बाहिरिने कोटेश्वर, थानकोट लगायतका नाकाहरुमा घर फर्किनेहरुको भीड देख्न सकिन्छ । काठमाडौंबाट मतदानका लागि घर फर्किनेहरु बढेसँगै काठमाडैंको सडकमा सवारीको चाप कम भएको छ । विशेष गरी काठमाडौंबाट छिमेकी जिल्लाहरुमा जाने मानिसहरु धमाधम गाउँ फर्किन थालेका हुन् । काठमाडौंको बालाजु, बल्खु, कलंकी लगायतका ठाउँमा पनि बसको टिकट काट्नेहरुको लाम देख्न सकिन्छ ।

५ वर्षपछि स्थानीय तहको निर्वाचमा भोट हाल्न जाने मतदाताहरु उत्साहीत देखिन्छन् । गाउँ फर्किनेहरुको संख्या बढीरहेकोले सवारीहरुमा सर्वसाधारण खचाखच भरिएका छन् । मंगलवार राती १२ बजेसम्म ५९ हजार ६१ जना गाउँ फर्किएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved