आचार संहिता नमान्ने यी 'हाइप्रोफाइल'लाई आयोगले काट्यो पत्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2022 | 10:29:35 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले आचारसंहिता पालना गर्न पटक–पटक राजनीतिक दलका नेता कार्यकर्तादेखि अन्य सरोकारवालाहरूलाई आग्रह गर्दै आएको छ। आयोगले आचारसंहिता पालना गर्न आग्रह गर्नुको कारण निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचनका लागि हो । 

मौन अवधिमा के गर्न हुने र के गर्न नहुने प्रावधान पनि आयोगले जारी गरिसकेको छ । तरदेशका पूर्वप्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्मले मौन अवधिमै आचारसंहिताविपरीतको गतिविधि गरे ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्ना पार्टी जनता समाजवादी पार्टी (जसपा)लाई सङ्घीयता, सुशासन, समृद्धि र समाजवादका लागि उक्त पार्टीका उम्मेदवारहरूलाई मत मागे ।

आयोगले जारी गरेको आचारसंहिताअनुसार मौन अवधिमा मत माग्नु हुँदैन । नैतिक प्रश्न उठ्नेगरी भट्टराईले बुधबार मत मागेका हुन् । 

उनी मात्र होइन, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले एक भिडियो सन्देश जारी गर्दै एमालेका उम्मेदवारहरूलाई मत मागे । एमालेका उनी उपमहासचिव पनि हुन् । उनलाई त आयोगले २४ घण्टाभित्र स्पष्टीकरण मागेको छ । 

 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved