काठमाडौं
महानगरपालिकाको मेयरका उम्मेदवार र्यापर बालेन्द्र शाह (बालेन शाह) ले मतदान गरेका
छन् । बिहान ठिक ११ बजे उनले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा पुगेर उनले मतदान
गरेका हुन् ।
अन्य
उम्मेदवारहरू तथा नेताहरूले बिहानै मतदान गरेपनि शाहले ढिला गरी मतदान गरेका हुन् ।
काठमाडौं महानगरमा उनका अन्य प्रतिस्पर्धीले यसअघि नै मतदान गरिसकेका छन् । उनले भने
बिहान ११ बजेको समयमा मतदान गरेका हुन् । मत हाल्नुअघि मतदान केन्द्रमा रहेका अन्य
मतदाताहरूसँग उनले कुराकानीसमेत गरेका थिए ।
उनी
बिहानैदेखि विभिन्न मतदान केन्द्रको अवलोकनका लागि निस्किएका थिए । उनले सुरूमा बिहानै
बसन्तपुर मतदान केन्द्रको अवलोकन गरेका थिए । त्यसपछि उनी महानगरभित्रका विभिन्न मतदान
केन्द्रको अवलोकन गरेका थिए । विभिन्न मतदान केन्द्रको अवलोकन गरेपछि उनी मतदान गर्न
पुगेका हुन् ।
उनले
११ बजेको साइत जुराएर मतदान गरेका हुन् । उनले ११ः०३ बजे मतदान गरेका थिए । ‘सुरुमा
हाम्रो स्थिति कस्तो छ भनेर हेर्न खोजेका थिए । हाम्रो स्थित एकदमै राम्रो छ । त्यसपछि
म भोट हाल्न आए,’ शाहले भने ।
विभिन्न
मतदान केन्द्रको अवलोकन गरेपछि उनले आफ्नो जीत सुनिश्चित भएको उनको भनाइ छ । काठमाडौंमा
कुनै प्रकारको चुनौती नरहेको भन्दै अहिलेसम्म काम गर्ने मान्छे नभएको बताए । ‘काठमाडौंमा
केही पनि चुनौती छैन । काम गर्ने मान्छे नभएर अहिलेसम्म
समस्या भएको हो । हामी जितेर आएपछि काम गर्छौ,’ शाहले भने
।