पानि हालेको अवस्थामा भेटियो रौतहटमा लुटिएको मतपेटिका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2022 | 07:31:11 PM मा प्रकाशित

laxmi  sunrise bank

रौतहटको यमुनामाई गाउँपालिकामा मतपेटिका लुटिएको भएको छ। यमुनामाई गाउँपालिकाको वडा नम्बर १ को चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको हो ।

मतदान स्थलमा हुलदंगा भएपछि आक्रोशित स्थानीयले मतदान केन्द्र कब्जामा लिएर मतमात्र च्यात्नुका साथै मतपेटिका नै लिएर हिडेका हुन्। यमुनामाईमा जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पटक-पटक झडप भएको थियो । 

यसरी लिएर हिंडेको मतपेटिका पानि हालेको अवस्थामा भेटिएको निर्वाचन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिएका छन् । उक्त दुवै स्थानमा मतदान कार्यक्रम रद्द गरिएको समेत शर्माले जानकारी दिए।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved