काठमाडौंमा बालेन्द्र साह स्थापित भन्दा दोब्बरभन्दा बढि मतान्तरले अगाडि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2022 | 08:27:43 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायमै राखेका छन्।  पछिल्लो मत परिणाम अनुसार एमालेका मेयरका उम्मेदवार केशव स्थापितलाई दोब्बरभन्दा बढि मतले पछि पार्दै स्वतन्त्र उम्मेदवार साहले ३४१० मत प्राप्त गरेका छन्। 

त्यसै गरी एमालेका मेयरका उम्मेवार स्थापितले १६९४ मत प्राप्त गरेका छन् भने सत्तारुढ गठबन्धनकी उम्मेदवार सृजना सिंहलाई १६२० मत प्राप्त भएको छ । त्यसैगरी राप्रपाका मेयरका उम्मेदवार मदनदास श्रेष्ठले हालसम्म ३२५ मत प्राप्त गरेका छन्। 

त्यसैगरी उपमेयरमा एमालेकी सुनिता डंगोलले ३३८४ मत ल्याई अग्रता कायम गरेकी छन्। सत्तारुढ गठबन्धनका उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले ९९२ मत ल्याएका छन्। त्यसैगरी राप्रपाकी उपमेयरका उम्मेदवार विनिता मगैयाले ७६० मत प्राप्त गरेका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved