केपी ओलीको वडामा कांग्रेसको प्यानल नै विजयी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2022 | 08:41:56 AM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको वडामा कांग्रेसको प्यानलै विजयी भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटमा कांग्रेसले एमालेका उम्मेदवारलाई पराजित गरेको हो ।

कांग्रेसका प्रदीप कार्की १ हजार ५११ मत प्राप्त गर्दै विजयी भए । उनको निकटतम प्रतिस्पर्धी एमालेका विश्वराज विष्टले १ हजार ३०५ मत प्राप्त गरे । खुला सदस्यमा कांग्रेसका जर्नादन खड्काले १ हजार ४७६ र भगत रानाले १ हजार ४२४ ल्याई विजयी भएका छन् ।

महिला सदस्यमा कांग्रेसकै कल्पना खतिवडा 'दाहाल' ले १ हजार ५२१ र दलित महिला सदस्यमा कांग्रेसकै रन्जीता तिखत्रीले १ सय ५१७ मत ल्याई विजयी भएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved