काठमाडौँ महानगर अपडेट: केशव स्थापित र सिर्जना सिंहको कुल मत भन्दा बालेन एक्ल्यैको मत बढी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2022 | 09:13:24 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायम नै छ । लौरो चिह्न लिएर निर्वाचनमा होमिएका शाहले अहिलेसम्म ५ हजार ६ सय ९२ मत पाएका छन् ।

उनको निकटम प्रतिद्वन्द्वीका रूपमा एमालेका केशव स्थापितले २९९२ मत पाएका छन् भने कांग्रेसकी सिर्जना सिंह २६५७ मतले तेस्रो स्थानमा छन् । हाल काठमाडौँ महानगरको वडा नम्बर १ को मतगणना सम्पन्न भैसकेको छ भने वडा नम्बर २,३, ४,५,३१ र ३२ को मत गणना भईरहेको छ । आज बाट वडा नम्बर ६ को मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म मेयर पदमा सुर्य २९९२ मत, रुखमा २६५७ मत, कलममा १२ मत, तराजुमा ६५ मत, हलोमा ५२२ मत , मादलमा ७ मत तथा लौरोमा ५६९२ मत आएको छ । उपमेयरमा भने सुर्यमा ५८९६ मत तथा कलममा १६३२ मत आएको छ । महानगरका अनुसार हालसम्म १४७७८ मत गणना भएको छ ।

मेयर पदमा केशव स्थापित र सिर्जना सिंहको कुल मत भन्दा बालेन एक्ल्यैको मत बढी भएको छ  । हालसम्म  केशव स्थापित र सिर्जना सिंहको कुल मत  ५६४९ रहेको छ भने बालेनको मत ५६९२ रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved