पोखरामा अन्तर्घात : पद्मा र पृथ्वीसुब्बा नै एमाले हराउने अभियानमा लागेको आरोप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2022 | 02:38:55 PM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय निर्वाचनको जारी मतगणनामा पोखरामा अनपेक्षित परिणाम देखिएको छ । गठबन्धन मिल्दा पनि एमालेका मतदाताहरू धेरै मानिएको पोखरामा कलम चिह्न भएका नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता कायम गरिरहेका छन् ।

यसको कारण हो, एमाले दुई गुटमा विभाजित हुनु । सोमवार सार्वजनिक भएको एक अडियो सामग्रीले त्यसलाई छताछुल्ल पारेको छ ।

पोखरामा एमालेका मेयर उम्मेदवार कृष्णबहादुर थापालाई एमालेबाट नै अन्तर्घात गरिएको अडियोमा बताइएको छ । थापा खगराज अधिकारी गुटका हुन् । शुरूमा गुरुङ गुटका एमालेबाट दीपक पौडेलले टिकट पाउने निर्णय भएको थियो तर त्यसको भोलिपल्टै अधिकारी गुटका थापालाई टिकट दिइयो ।

यही रिसले गुरुङलगायत  पद्मा अर्यालसमेत थापालाई मेयरमा बिजयी हुन नदिन षड्यन्त्र भएको अडियोमा बताइएको छ । अडियोमा एमालेका राजीव पहारीको सचिवालयबाट एकीकृत समाजवादीका आचार्यलाई भोट मागिएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved