वालिङ नगरपालिकाको मेयरमा एमालेको ऐतिहासिक जित, भत्कियो कांग्रेसको विरासत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2022 | 02:02:05 PM मा प्रकाशित

laxmi  sunrise bank

वालिङ नगरपालिकाको मेयरमा नेकपा एमालेले ऐतिहासिक जित हासिल गरेको छ। २०४७ सालको परिवर्तन यता वालिङ नगरपालिकाको मेयरमा  नेकपा एमालेले जितेको यो पहिलो पटक हो। 

वालिङ नगरपालिकाको मेयरमा नेकपा एमालेकाका कृष्ण खाणले नेपाली कांग्रेसका स्याङ्गजा जिल्लाका क्षेत्र नम्बर दुईका पार्टी सभापति समेत रहेका दिलिप प्रताप खांडलाई पराजित गरेका हुन्। दिलिप प्रताव खांड वालिङ नगरपालिकाका निवर्तमान मेयर समेत हुन। 

कृष्ण खांडले २ हजार १८३ मत अन्तरले नेपाली कांग्रेसका उम्मेदवार दिलिप खांडलाई पराजित गरेका हुन्। कृष्ण खांडले १३ हजार ७७५ मत ल्याएर मेयरमा निर्वाचित भएका हुन्। प्रतिद्वन्द्वी दिलिप खांडले ११ हजार ५९२ मत ल्याएका छन्। 

त्यस्तै उपमेयरमा भने नेपाली कांग्रेसकि उम्मेदवार कविता गैह्रे निर्वाचित भएकी छन्। उनले नेकपा एमालेकी खगिसरा थापालाई ४८२ मत अन्तरले पराजित गरेकी हुन्। गैह्रेले १२ हजार ८२२ मत ल्याउँदा प्रतिद्वन्द्वी थापाले १२ हजार ३४० मत ल्याएकी हुन्।

१४ वटा वडा रहेको वालिङ नगरपालिकामा ८ वटा वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवारले जितेका छन् भने ६ वटा वडामा नेपाली कांग्रेसक उम्मेदवारले जितेका छन्। वडा नम्बर १, २,५ १०,११ र १४ को वडाअध्यक्षमा नेपाली कांग्रेसका क्रमश पदमराज गुरुङ, पोतप्रसाद लम्साल,छवी आले, सुनिल खनाल, बिश्वजंग गुरुङ र राज कुवंरले जितेका छन्। 

त्यस्तै वडा नम्बर ३,४,६, ७,८,९,१२ र १२ को वडा अध्यक्षमा नेकपा एमालेका भिमबहादुर गुरुङ, हरिप्रसाद खनाल,कृष्ण श्रेष्ठ, पान्दुकुमार थापा, दामोदर तिवारी, अमृत श्रेष्ठ, बिश्वजंग गुरुङ र नामलाल डुम्रेले जितेका छन्। 

भत्कियो कांग्रेसको विरासत 

२०४७ सालको परिवर्तन यता वालिङ नगरपालिकामा कांग्रेसको बिरासत कायम थियो। २०४९ सालको गाबिस सचिवमा नेपाली कांग्रेसका भोजराज अर्यालले जितेर कायम भएको बिरासत अहिले २०७९ सालमा आएर भत्किएको हो।  

२०५४ सालमा नगरपालिका बनेको वालिङ नगरपालिकाको २०५४ सालको चुनावमा पनि नेपाली कांग्रेसका भोजराज अर्यालले मेयरमा जितेका थिए भने त्यो बेला उपमेयरमा अहिले नेपाली कांग्रेसबाट मेयरमा उम्मेद्वारी दिएका दिलिप खांडले जितेका थिए। २०७९ को अहिलेको चुनावमा अहिले मेयरमा निर्वाचित भएका कृष्ण खांड २०५४ सालमा मेयरमा भोजराज अर्यालसँग पराजित भएका थिए।

२०५४ सालपछि निर्वाचन हुन नसकेर सर्वदलीय संयन्त्रले स्थानीय सरकार संचालन गरिरहँदा पनि वालिङ नगरपालिका कांग्रेसको नेतृत्त्वमा संचालन हुँदै आएको थियो।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved