नवलपुरको हुप्सेकोट गाउँपालिका अध्यक्षमा कांग्रेसकी लक्ष्मी पाण्डे पुनः निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2022 | 09:50:10 AM मा प्रकाशित

laxmi  sunrise bank

नवलपुरको हुप्सेकोट गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसकी लक्ष्मी पाण्डे पुनः निर्वाचित भएकी छिन् । दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकी लक्ष्मी पाण्डेले यसपटकको निर्वाचनमा पहिले भन्दा धेरै मतअन्तरले जित हात पारेकी हुन् ।

पाण्डे हुप्सेकोट गाउँ कमिटी अध्यक्ष समेत रहेका एमालेका चेतबहादुर रानामगरलाई पराजित गर्दै दोस्रोपटक पुनः निर्वाचित हुने पहिलो पालिका प्रमुख भएकी हुन् । पाण्डेले ६ हजार ४ सय ५५ मत ल्याएर विजयी भएकी हुन् । उनका प्रतिद्वन्द्वी रानाले ५ हजार ७४१ मत ल्याएका थिए ।

त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकै पूर्णसिंह रानाले जित हात पारेका छन् । पूर्णसिंले ६ हजार ७५२ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी मनि पाण्डेले ५ हजार ७ सय ३८ मत ल्याएकी छिन् ।

हुप्सेकोटका सबै वडाध्यक्षमा नेपाली कांग्रेसले जित हात पारेको छ । वडा नं. २ को सदस्यमा एमालेका लिलाबहादुर ठाडाले जित हात पारेका छन् । एक वडा सदस्यबाहेक हुप्सेकोटका सम्पूर्ण पदमा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका हुन् ।

सम्पन्न मतगणनाअनुसार हुप्सेकोट गाउँपालिकाका १, २, ३, ४, ५ र ६ नम्बर वडामा नेपाली कांग्रेसका उम्मेदवारले जित हात पारेका हुन् ।

हुप्सेकोटको वडा नं. १ मा नेपाली कांग्रेसका प्रेमबहादुर घर्ती, २ मा कृष्णबहादुर थापा, ३ मा विष्णु राना, ४ मा महेन्द्र पाण्डे, ५ मा पदमबहादुर  राना र वडा नं. ६ मा छामबहादुर सोमै विजयी भएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved