स्याङ्जाका ११ वटै स्थानीय तहको नतिजा सार्वजनिक, कहाँ को निर्वाचित ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2022 | 10:31:28 AM मा प्रकाशित

laxmi  sunrise bank

स्याङ्गजाको ११ वटै स्थानीय तहको नतिजा सार्वजनिक भएको छ। सार्वजनिक नतिजा मध्ये प्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् भने उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।

स्याङ्गजाको ११ वटा स्थानीय तह मध्ये नेकपा एमालेका उम्मेदवार ६ वटा स्थानीय तहमा प्रमुखमा र  ५ वटा स्थानीय तहमा उपप्रमुखमा निर्वाचित भएका छन्। त्यस्तै नेपाली कांग्रेस का उम्मेदवार ५ वटा स्थानीय तहमा प्रमुखमा र ६ वटा स्थानीय तहमा उपप्रमुखमा निर्वाचित भएका छन्।   

२०७४ साल स्थानीय तहको निर्वाचनको तुलनामा यस पटक २०७९ सालको नतिजामा केहि स्थानको नतिजामा ठुलो परिवर्तन आएको छ। देशकै उत्कृष्ट नगरपालिकाको पहिचान दिन सफल भएका दिलिप प्रताप खांड यस पटक नेकपा एमालेका उम्मेदवार कृष्ण खांडसँग पराजित भएका छन्। 

त्यस्तै बिगतमा मिश्रित नतिजा आउने पुतलीबजार नगरपालिकामा यस पटक नेपाली कांग्रेसका उम्मेदवारहरु धेरै ठाउमा निर्वाचित भएका छन् भने यहि अवस्था भिरकोट नगरपालिकामा देखिएको छ।      

कहाँ को निर्वाचित ?

१.पुतलीबजार नगरपालिका 

मेयर : तुलसी राम रेग्मी (ने.कांग्रेस)

उपमेयर: देवी अर्याल (ने.कांग्रेस)

२. वालिङ् नगरपालिका 

मेयर :कृष्ण खाणँ (नेकपा एमाले)

उपमेयर:कविता तिवारी (ने.कांग्रेस)

३.भीरकोट नगरपालिका

मेयर: गोविन्द कुमार कर्माचार्य (ने.कांग्रेस)

उपमेयर:भगवती अर्याल (ने.कांग्रेस)

४. गल्याङ नगरपालिका

मेयर:गुरु प्रसाद भट्टराई (ने.कांग्रेस)

उपमेयर:हेमा न्यौपाने (ने.कांग्रेस)

५.चापाकोट नगरपालिका

मेयर:देब कुमार खाणँ (ने.कांग्रेस)

उपमेयर:इशा राना (ने.कांग्रेस)

६.फेदिखोला गाउँपालिका

अध्यक्ष:घनश्याम सुवेदी(नेकपा एमाले)

उपाध्यक्ष :देवी कुमारी गुरुङ (नेकपा एमाले)

७.अर्जुनचौपारी गाउँपालिका

अध्यक्ष:प्रकाश तिवारी (ने.कांग्रेस)

उपाध्यक्ष:सपना गुरुङ (ने.कांग्रेस)

८.हरिनास गाउँपालिका

अध्यक्ष:खिमनारायण मानन्धर (नेकपा एमाले)

उपाध्यक्ष:इन्द्रकुमारी थापा राना (नेकपा एमाले)

९.बिरुवा गाउँपालिका

अध्यक्ष :सुर्य कुँवर (नेकपा एमाले)

उपाध्यक्ष :भगवती शर्मा (नेकपा एमाले)

१०.आधिखोला गाउँपालिका

अध्यक्ष:बिश्व पौडेल (नेकपा एमाले)

उपाध्यक्ष:सीता थापा (नेकपा एमाले)

११.कालिगण्डकी गाउँपालिका

अध्यक्ष:खिम बहादुर थापा (नेकपा एमाले)

उपाध्यक्ष:साबित्रा कोइराला (नेकपा एमाले)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved