बुटवल उपमहानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2022 | 07:03:56 PM मा प्रकाशित

laxmi  sunrise bank

बुटवल उपमहानगरपालिकाको नतिजा सार्वजनिक भएको छ। सार्वजनिक नतिजाअनुसार मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्‍डे र उपमेयरमा नेकपा एमालेकी सावित्रादेवी अर्याल निर्वाचित भएका छन्।   

नेपाली कांग्रेसका पाण्डेले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बाबुराम भट्टराईलाई ७ हजार ५५३ मतान्तरले पराजित गर्दै मेयरमा विजयी भएका हुन्। पाण्डेयले ३० हजार १३० मत प्राप्त गर्दा एमालेका भट्टराईले मात्रै २२ हजार ५९७ मत पाए। 

उपमेयरमा नेकपा एमालेकी सावित्रादेवी अर्याल निर्वाचित भएकी छन्। अर्याल एकीकृत समाजवादीका चीनबहादुर गुरुङलाई झण्डै ८ हजार मतान्तरले पराजित गर्दै उपमेयरमा विजयी भएकी हुन्। अर्यालले २४ हजार ९०४ मत ल्याउँदा गुरुङले १६ हजार ९८० मत पाए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved