मेयर निर्वाचित भएपछि बालेनले पहिलो सम्बोधनमा के भने ? (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2022 | 08:55:53 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं महनागरपालिकाका नवनिर्वाचि मेयर वालेन्द्र साहले अबका दिनमा भिजन, एजेन्डालाई कार्यान्वयन र सम्पन्न गर्नेतिर लाग्ने बताएका छन्।  शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा निर्वाचन आयोगले महानगरको निर्वाचन परिणाम घोषणा कार्यक्रममा मेयर साहले उक्त कुरा बताएका हुन् ।

उनले  काठमाडौंलाई सुन्दर सहर बनाउन सबैको सहकार्य आवश्यक रहेको बताएका छन्। स्थानीय तहमा आफ्नो जितलाई विजय नभएर कामको सुरुवातको रुपमा लिएको उनले बताए ।

अबका दिनमा भिजन, एजेन्डालाई कार्यान्वयन र सम्पन्न गर्नेतिर लाग्ने प्रतिवद्दता उनले व्यक्त गरेका छन् । काठमाडौं महानगरपालिकाकाका मतदातालाई उनले परिवारका रुपमा लिएको बताए ।

उनले भने 'हामी महानगरवासी सबै एकै परिवार हौैं । हामी सबै मिलेर काठमाडौंलाई देशकै मात्र नभएर विश्वकै सुन्दर, उत्कृष्ट सहर बनाउनलाई मिलेर सहकार्य गर्ने आशा राखेको छु'।

स्वतन्त्रबाट उठेका साहले कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई हराउँदै मेयरमा निर्वाचित भएका हुन् । साहले ६१ हजार ७६७ मत ल्याएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिंहले ३८ हजार ३४१ मत ल्याइन् । स्थापितले ३८ हजार ११७ मत ल्याए । साहले सिंहको भन्दा २३ हजार ४२६ मत बढी पाएका छन् ।

हेर्नुस् भिडियो : 

https://www.youtube.com/watch?v=18OM3DaVCww&ab_channel=Bizpati


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved