संघ र प्रदेशको निर्वाचन कात्तिक मसान्त वा मङ्सिरको पहिलो साता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2022 | 07:14:27 PM मा प्रकाशित

laxmi  sunrise bank

आउँदो कात्तिक मसान्त वा मङ्सिरको पहिलो सातासम्ममा एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने गरी मिति घोषणाको तयारी भएको छ ।

नेपालको संविधान जारीपछिको दोस्रो प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोग र नेपाल सरकारसँग परामर्श भइरहेको छ । ती निर्वाचनका लागि लक्षित गरेर मतदाता नामावली सङ्कलन तथा अद्यावधिक आउँदो असार १ गतेदेखि खुला गरिएको छ । विसं २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको पाँच वर्षे अवधि मङ्सिर पहिलो साता सकिँदैछ । दुई पटकक विघटन भएर पनि सर्वाेच्च अदालतबाट पुनःस्थापित प्रतिनिधिसभाको कार्यकाल सकिने भएपछि सरकार र आयोग आवश्यक तयारीमा जुटेका छन् ।

आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलले निर्वाचनको मिति घोषणाका लागि नेपाल सरकारसँग औपचारिक र अनौपचारिक छलफल भइरहेको जानकारी दिए । उनले निर्वाचनको मिति घोषणा कम्तीमा १२० अगाडि नै हुने गरी गराउन आयोगले सरकारलाई आग्रह गरेको जनाउँदै मतदाता नमावलीमा नामावली नदोहोरिने गरी नाम दर्ता र संशोधनका लागि सम्बन्धित निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालयमा आवश्यक प्रबन्ध गरिएको बताए । नेपालको संविधानमा आयोगको परामर्शमा नेपाल सरकारले निर्वाचनको मिति घोषणा गर्ने व्यवस्था छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved