मंसिर २ गते चुनाव गर्न सरकारलाई निर्वाचन आयोगको सिफारिस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2022 | 05:05:05 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले नेपाल सरकारलाई प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति सिफारिस गरेको छ । आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मंसिर २ मा एकै चरणमा संघीय/प्रदेश सभा सदस्य निर्वाचन गर्न प्रस्ताव गरेका हुन्।

यस अघि २ चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भएको भए पनि आयोगले यस पटक एकै चरणमा न्रिवाचन गर्न सिफारिस गरेको छ । स्थानीय तहको निर्वाचन पनि एकै चरणमा सम्पन्न भएको थियो ।

विसं २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको पाँच वर्षे अवधि मङ्सिर पहिलो साता सकिँदैछ । दुई पटकक विघटन भएर पनि सर्वाेच्च अदालतबाट पुनःस्थापित प्रतिनिधिसभाको कार्यकाल सकिने भएपछि सरकार र आयोग आवश्यक तयारीमा जुटेका छन् ।

निर्वाचन आयोगको सिफारिसमा नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले निवार्चनको मिति घोषणा गर्ने ब्यबस्था छ  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved