राष्ट्रपति भण्डारीद्वारा निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2022 | 04:28:00 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपतिले निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरेकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्‌सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरेकी हुन्। 

नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम उनले सेना परिचालनको लागि स्वीकृति प्रदान गरेकी हुन् ।  मङ्‌सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न “एकीकृत सुरक्षा कार्य योजना, २०७९” मा व्यवस्था भए अनुसार सुरक्षा निकायहरू बीच एकीकृत तथा समन्वयात्मक रूपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषद्को २०७९/५/१७ को बैठकको सिफारिसका आधारमा मन्त्रिपरिषद्को २०७९/५/२७ को निर्णय तथा प्रधानमन्त्रीको २०७९/५/२७ को पत्रको आधारमा २०७९ साल मङ्‌सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

राष्ट्रपति कार्यालय द्वारा जारी विज्ञप्तिमा भनिएको छ 'सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट सम्वत् २०७९ साल मङ्‌सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न “एकीकृत सुरक्षा कार्य योजना, २०७९” मा व्यवस्था भए अनुसार सुरक्षा निकायहरू बीच एकीकृत तथा समन्वयात्मक रूपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७९/५/१७ को बैठकको सिफारिसका आधारमा मन्त्रिपरिषद्को मिति २०७९/५/२७ को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीको मिति २०७९/५/२७ को पत्रको आधारमा सम्वत् २०७९ साल मङ्‌सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ ।'


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved