स्वतन्त्र पार्टी मिडियाको कृपाले उदाएको हो, ठूलो कुरा होइन – ओली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2022 | 03:14:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदयलाई सामान्य र मामूली भनी टिप्पणी गरेका छन् ।

झापा ५ बाट निर्वाचित ओलीले भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै स्वतन्त्र पार्टी मिडियाको कृपाले उदाएको भन्दै यसलाई ठूलो रूपमा नलिन आग्रह गरेका हुन् ।

उनले भने, 'मिडियाको कृपाले उदाएको स्वतन्त्र पार्टीको बारेमा ठूलो चिन्ता लिइरहनु पर्दैन, यो मामूली कुरा हो ।'

गत असारमा मात्र स्थापित भएको राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म ५ निर्वाचन क्षेत्रमा जित हासिल गरिसकेको छ भने थप २ मा अग्रता लिएको छ ।

समानुपातिक मत पनि राम्रै प्राप्त गरेको रास्वपा अब बन्ने सत्ता गठबन्धनमा निर्णायक हुने बिन्दुमा पुगेको छ ।

रास्वपाको उदयलाई लिएर राजनीतिक वृत्त तातिएको छ । विभिन्न ठाउँबाट विभिन्न प्रतिकृयाहरू आइरहेका छन् ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved