अर्थशास्त्री डा. पौडेल र पूर्व अर्थमन्त्री पाण्डेलाई हराउँदै चितवन १ मा हरि ढकाल निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2022 | 04:17:07 PM मा प्रकाशित

laxmi  sunrise bank

चितवन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएका छन् । नेकपा (एमाले)का सुरेन्द्रप्रसाद पाण्डेलाई सात हजार पाँच सय ८१ मतले पछि पार्दै ढकाल निर्वाचित भएका हुन् ।

ढकालले ३४ हजार एक सय ८९ मत प्राप्त गरेका छन् भने पाण्डेले २६ हजार छ सय आठ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार नौ सय नौ मत प्राप्त गरे। पूर्व अर्थमन्त्री रहेका पाण्डे र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष रहेका डा. विश्वनाथ पौडेललाई पराजित गर्दै ढकाल निर्वाचित भएका हुन् ।

सो क्षेत्रमा ९५ हजार ४१ मत खसेको थियो । जसमध्ये तीन हजार छ सय २१ मत बदर भई ९१ हजार चार सय २० सदर भएको निर्वाचन आयोगले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved