ओली-प्रचण्डबीच फोन वार्ता : मिलेर अघि बढ्न ओलीको प्रस्ताव, छलफल गरौँ – प्रचण्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2022 | 06:03:35 PM मा प्रकाशित

laxmi  sunrise bank

झापाबाट निर्वाचित भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई फोन गर्दै मिलेर अघि बढ्न प्रस्ताव गरेका छन् ।

प्रचण्डको सचिवालयले ओलीको फोन आएको पुष्टि गर्दै भन्यो, 'उहाँले मिलेर अघि बढ्ने कुरा गर्नुभएको छ । बसेर छलफल गर्न कुनै समस्या नरहेको हाम्रो अध्यक्षको जवाफ थियो ।'

चुनावअघि निकै तिक्ततापूर्ण सम्बन्ध रहेको ओली र प्रचण्डबीच यो टेलिफोन संवाद महत्त्वपूर्ण रहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए ।

प्रचण्डले ओलीलाई सोचेभन्दा बढी सफलता प्राप्त गरेकोमा बधाइसमेत दिएका थिए । साथै यसअघिको कार्यशैलीको समीक्षा हुनुपर्ने पनि सुझाव प्रचण्डले ओलीलाई दिएका थिए ।

तत्कालीन नेकपाको एकता पक्षधर रहेका कतिपय दोस्रो पुस्ताका नेताहरू मिलेर अघि बढ्ने प्रयासस्वरूप कुराकानी थालेका छन् ।

कम्युनिस्ट शक्तिलाई साइजमा राख्न नयाँ शक्तिहरूको उदय गराइएकोबारे ओली र प्रचण्डनिकटका नेताहरूबीच छलफल शुरू भएको स्रोतहरूले बताएका छन् ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved