विनोद चौधरीको जितले देश अस्थीरतातर्फ धकेलियो – हृदयेश त्रिपाठी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2022 | 07:16:34 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदेश त्रिपाठीले अहिलेको निर्वाचन नतिजाले  देश अस्थिरतातर्फ धकेल्ने बताएका छन । निर्वाचनबाट  नतिजाले देशको राजनीति अस्थिरतातर्फ धकेल्नले सङ्केत देखिएको त्रिपाठी उनको भनाइ छ ।

जनता प्रगतिशील पार्टी नवलपरासीले परासीमा आयोजना गरेको पत्रकार सम्मेलनमा त्रिपाठीले यस्तो बताएका हुन । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा डलर अर्वपति बिनोद चौधरीसँग पराजित यो निर्वाचन साधारण नभएको र देशको अर्बपति र देशको राजनीतिक दलहरूबीच भएको बताए ।

उनले भने, 'मेरो  क्षेत्रमा लक्ष्मी र सरस्वतीकोबीच लडाई थियो र उक्त लडाइँमा लक्ष्मी हाबी भयो,' निर्वाचन क्षेत्र १ मा जुन प्रवृत्ति प्रवेश गरेको छ त्यसले समग्र देशमा राजनीतिक पनि बिचौलियको प्रवेश भएको छ ।' उनले निर्वाचनमा हारजित स्वाभाविक भएको तर आफू निर्वाचनमा पराजित भएपनि आफ्नो राजनीति पराजित नभएको बताए ।

उनले एमालेको एउटा पंक्ति नै विनोद चौधरीलाई जिताउन लागेको भन्दै आक्रोश व्यक्त गरे । 'निर्वाचनमा एमालेको नेतृत्व पङ्क्तिले नै बिनोद चौधरीलाई जिताउन सघायो र त्यो मेरो लागि दुर्भाग्य हो,' उनले भने । उनले संविधानमाथि प्रहार हुने बेलामा आफू चुप लागेर नबस्ने र जनताले प्राप्त गरेको उपलब्धि र संविधान रक्षाका लागि सधैँभरि लडाई जारी रहिरहने पनि बताए ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved