स्याङ्जा २ र बाजुरामा मतगणना सुरु गर्न निर्वाचन आयोगको निर्देशन, पुन: मतदान नहुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2022 | 02:19:42 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले स्याङ्जा २ र बाजुरामा मतगणना कार्य अगाडी बढाउँन निर्देशन दिएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले पुन: मतदान गर्नु पर्ने अवस्था नरहेको निष्कर्ष निकाल्दै मतगणना कार्यलाई अगाडी बढाउँन निर्देशन दिएको हो । 

नेकपा एमालेले  स्याङ्जा २ मा बुथ कब्जा भएको भन्दै पुन: मतदानको माग गरेको थियो । मृत्यु भएकाको नामबाट भोट हालिएको, विदेश गएकाहरुको नामबाट पनि भोट हालिएको भेटिएको भन्दै एमालेले पुन: मतदान गर्न माग गरेको थियो । 

आयोगले भने मतदान नहुने भन्दै मतगणना अगाडी बढाउँन निर्देशन दिएको हो। दुवै ठाउँमा पठाइएको आयोगको स्थलगत टोलीको प्रतिवेदनको आधारमा गणना सुचारू गर्न निर्देशन दिइएको आयोगले जनाएको छ

स्याङजा– २ मा कांग्रेसबाट धनराज गुरुङ र एमालेबाट पद्या अर्याल उम्मेदवार छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved