विदेशमा भएका र निधन भएकाको मत गन्न आयोग किन भयो तयार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2022 | 11:21:31 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगको टोलीले स्याङ्जा २ मा २५ जना मृत्यु भएको र १ सय २५ जना विदेशमा भएकाको मत परेको भन्दै बुझाएको प्रतिवेदनविपरित आयोगले मतगणना गर्न निर्देशन दिएको छ ।  

मृतक र विदेशमा भएकाहरूको मत परेको भएपनि पुनः मतदान गर्न नसकिने भन्दै विवादित निर्णय गरेपछि स्याङ्जा २ मा मतगणना शुरू भएको हो । पछिल्लो समयसम्म त्यहाँ नेपाली कांग्रेसका धनराज गुरुङले ३ हजार ९०१ मत ल्याएका छन् भने नेकपा एमालेकी पद्मा अर्यालले ३ हजार २७४ मत ल्याएकी छन् ।

स्याङ्जा र बाजुरामा कांग्रेस र एमालेले एकअर्कामाथि बुथ कब्जाको आरोप लगाउँदै आएका छन् विवाद जिल्ला तहमा सुल्झन नसकेर निर्णयका लागि आयोगमा आइपुगेको थियो

एमाले कांग्रेसले उजुरी दिएपछि छानबिन गर्न आयोगले दुवै जिल्लामा सहसचिवको नेतृत्वमा टोली पठाएको थियो टोलीले मंगलबार बुझाएको प्रतिवेदनमा मृत्यु भएका विदेशमा रहेकाका नाममा खसेको मतसंख्या उल्लेख गरे पनि कहाँ कतिले मतदान गरे भनेर विस्तृत खुलाएको छैन ‘एकमुष्ट संख्या उल्लेख भएको प्रतिवेदन आएको ,’ आयोग स्रोतले भन्यो

स्याङ्जा र बाजुराको विवादका विषयमा निर्णय गर्न आयोगले मंगलबार गरेको बैठकमा पदाधिकारीबीच नै मत बाझिएको थियो दुवै जिल्लामा पुनः निर्वाचन गर्ने कानुनी आधार नदेखिएको अध्ययन टोलीले समेत कुनै प्रमाण पेस नगरेको हुनाले मतगणनाको निर्णय भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए

‘निर्वाचनमा कमजोरी भए निर्वाचन अधिकृतको कार्यालय मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट लेखेर पठाउनुपर्ने हुन्छ, पुनः मतदानका लागि त्यो पहिलो आधार हो,’ उनले भने, ‘सुरक्षा निकाय, निर्वाचन अधिकृत र मतदान अधिकृतले सामान्य झडप मात्रै भएको भनेका छन्।’

प्रमुख आयुक्त थपलियाका अनुसार राजनीतिक दलका प्रतिनिधिले पनि सफलतापूर्वक मतदान भएको मुचुल्कामा हस्ताक्षर गरेका छन् ‘मतपेटिका राखेको ठाउँमा दलपिच्छे ताल्चा लगाइएको विवाद भएको ठाउँको मतपेटिका फरक कोठामा राख्न मागसमेत भएको छैन निर्वाचन शंकास्पद थियो भने छुट्टै कोठामा राख्न माग गर्नुपर्थ्यो अनि के आधारमा पुनः निर्वाचन गर्ने?’ उनले भने

निर्वाचनमा सुरुदेखि अन्त्यसम्म दलका प्रतिनिधिको सहमति देखिएको थपलियाले बताए ‘स्याङ्जामा पितृले भोट हाल्यो भन्ने विषय मरेको विदेशमा भने कर्मचारीलाई थाहा नहुन सक्छ राजनीतिक दलका प्रतिनिधिले पहिचान गरेर पठाएपछि मात्रै मत हाल्छन् दलको प्रतिनिधिले अर्काका नाममा मरेको व्यक्तिका नाममा समेत मत हाल्न लगाएको गुनासो गरे निर्वाचन कसुरअनुसार तत्काल कारबाही हुन सक्थ्यो।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले मृत्यु भइसकेका र विदेशमा रहेका व्यक्तिका नाममा मतदान गराउने घटनाको जिम्मेवारी सम्बन्धित दल र उम्मेदवारले लिनुपर्ने बताए लोकतन्त्रको अभ्यास गर्ने दल उम्मेदवारले मृत्यु भइसकेका विदेशमा रहेका व्यक्तिका नाममा मतदान गराउँछन् भनेर अनुमान लगाउन नसकिने उनको भनाइ छ ‘त्यस्तो भए त्यही दल उम्मेदवार जिम्मेवार हुनुपर्छ,’ उनले भने

अन्तिम मतदाता नामावली सार्वजनिक गर्नुअघि केन्द्रदेखि स्थानीय तहका दलहरूसँग परामर्श गरिने हुनाले आयोगले मृत्यु भइसकेका व्यक्तिको नाम राख्यो भनेर आरोप लगाउन नमिल्ने उनले बताए

 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved