स्याङ्जा २ अपडेट: मतान्तर बढाउँदै धनराज गुरुङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2022 | 02:23:07 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभा अन्तर्गत स्याङ्जा क्षेत्र नं २ को मतगणना जारी छ । हालसम्मको मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायम राखेका छन् 

कांग्रेसका गुरुङले  १२९५१ मत पाएका छन् भने नेकपा एमालेकी नेतृ पद्मा अर्यालले १०६२७ मत पाएकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले  ५६७६ मत पाएका छन् । यस क्षेत्रमा कुल ७०१९१ मत खसेको छ । धनराज र पद्माबीचको मतान्तर २३२४ रहेको छ

यस क्षेत्रमा बुधबार राति करिब ११ बजेदेखि सुरू भएको मतगणना सुरु भएको थियो । मुख्य प्रतिस्पर्धामा रहेका रहेका दल एमाले र काँग्रेसबिच विवाद हुँदा १० दिन सम्म मतगणना हुन सकेको थिएन। एक पक्षले अर्को पक्षलाई बुथ कब्जा गरेर भोर हालेको आरोप लगाएको थियो ।

निर्वाचन आयोगले पुन: मतदान नहुने भन्दै मतगणना गर्न निर्देशन दिएपछि क्षेत्र नं २ को निर्वाचन कार्यालय वालिङमा बसेको सर्वदलीय बैठकले बुधबार रातिबाट मतगणना गर्ने निर्णय गरेको हो।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved